Category Archives: अन्तर्राष्ट्रिय

सिरियामा दोस्रो पटक हमलाका लागि अमेरिका तयार, केहि देश ले गर्यो स्वागत त केहि राष्ट्र बिरोध मा

सिरियमा दोस्रो पटक हमला गर्नका लागि अमेरिका तयार भएको छ । अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यकता हेरी अमेरिकाले हमाला गर्ने बताइन् । उनले भनिन्- ‘शनिबारको सैन्य कारवाहीले हाम्रो सन्देश स्पष्ट बयान गर्छ । अमेरिकाले अब असद सरकारलाई रासायनिक हतियारको प्रयोग गर्न दिने छैन । हामीले त्यो अनुसन्धान केन्द्रलाई नष्ट गरेका… Read More »

रुसले भन्यो- अमेरिकासँग युद्धको अवस्था!!

रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच कटुता बढ्दै गएको छ । र, दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका… Read More »

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा २५७ को मृत्यु

अल्जेरियामा भएको सैनिक विमान दुर्घटनामा २५७ जनाको मृत्यु भएको छ । बुधबार राजधानी अल्जियर्स नजिक बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार विमान दुर्घटनामा मृत्यु हुनेहरुमा पोलीसारियो फ्रन्टका समेत छन् । पोलीसारियो फ्रन्ट त्यो विद्रोही संगठन हो मोरक्कोमा स्वतन्त्रताको लडाइँ लडिरहेको छ र उसलाई अल्जेरियाले समर्थन गरेको छ । रक्षा… Read More »

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको निधन

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको निधन भएको छ। उनी ८१ वर्षकी थिइन्।उनका श्रीमान जेलमा रहँदा दशकौँसम्म रंगभेद विरोधी आन्दोलनमा विनी माडिकीजला मण्डेलाको ठूलो प्रभाव रहेको थियो । उनको परिवारका एकजना प्रवक्ता भिक्टर द्लामिनीले भने, “आफ्ना परिवार तथा प्रियजनको उपस्थितिमा सोमबार दिउँसो शान्तिपूर्वक उहाँको निधन भयो।” भूतपूर्व आर्चविशप तथा नोबेल पुरस्कार विजेता डेसमण्ड… Read More »

कतारले नेपाली कामदारलाई क्षतिपूर्ति दिने……….. यस्ता छन् क्षतिपूर्ति राशी

सन् २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिने भएको छ । कतार वर्ल्डकप आयोजक समितिले बिदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५० करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एसोसिएटेड प्रेसले जनाएको छ । खासगरी कामदार कतार आउने क्रममा म्यानपावर कम्पनीलाई तिरेको रकम फिर्ता गर्ने मनसायले आयोजकले… Read More »