सिरियामा दोस्रो पटक हमलाका लागि अमेरिका तयार, केहि देश ले गर्यो स्वागत त केहि राष्ट्र बिरोध मा

By | April 15, 2018

सिरियमा दोस्रो पटक हमला गर्नका लागि अमेरिका तयार भएको छ । अमेरिकी राजदूत निक्की हेलीले रासायनिक हतियारको प्रयोगलाई रोक्नका लागि आवश्यकता हेरी अमेरिकाले हमाला गर्ने बताइन् ।

उनले भनिन्- ‘शनिबारको सैन्य कारवाहीले हाम्रो सन्देश स्पष्ट बयान गर्छ । अमेरिकाले अब असद सरकारलाई रासायनिक हतियारको प्रयोग गर्न दिने छैन । हामीले त्यो अनुसन्धान केन्द्रलाई नष्ट गरेका छौं जसको प्रयोग ठूलो मात्रामा हत्याका लागि प्रयोग गर्ने हतियार बटुल्न प्रयोग गरिन्थ्यो । राष्ट्रपति ट्रम्पले सिरियाली शासनले यदि पुनः विषालु ग्याँसको प्रयोग गरे भने अमेरिका यसको जवाफ दिन पूर्ण रुपमा तयार छ भनी जानकारी दिएका छन् ।’

गत साता सिरियाको पूर्वी गुटामा गरिएको सन्दिग्ध रासायनिक हमलाको जवाफस्वरूप अमेरिकी नेतृत्वले शनिबार बिहानदेखि सिरियाविरुद्ध आक्रमण गरेको थियो । सिरियामा सन् २०११ देखि चलिरहेको गृहयुद्धमा अमेरिकालगायत देश विद्रोहीको पक्षमा छन् भने रसिया र इरान राष्ट्रपति बसर असदको पक्षमा छन् । आक्रमणले सिरियाको रासायनिक ठेगाना ध्वंस भएको अमेरिकी दाबी छ ।

चीनद्वारा हमलाको विरोध

चिनियाँ विदेश मन्त्रालयले भनेको छ–अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोगको चीनले विरोध गर्दै आएको छ । हामी कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको स्मरण गराउन चाहन्छौँ । बल प्रयोगले समस्या समाधान गर्नेछैन, कानुनको दायरामा फर्किन सबैलाई आग्रह गर्दछु ।

अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन गरेका रुसी राष्ट्रपतिको ठहर

सिरियामा मिसाइल हमला गरेर अन्तर्राष्ट्रिय कानूनको घोर उल्लंघन गरेका रुसी राष्ट्रपतिको ठहर छ । रासायनिक हमलाको अन्तर्राष्ट्रिय अनुसन्धान सुरु हुनुपूर्व मिसाइल हमलाका लागि पश्चिमी शक्तिमाथि कटाक्ष गर्दै उनले भने, ‘यो सबै एक सुनियोजित रुपमा गरिएको हो । यो विषयमा उक्साइएको छ, झुटा आरोप लगाइएको छ, निर्णय सुनाएर सजायँ दिइएको छ । अन्तर्राष्ट्रिय मुद्दालाई यसरी सल्टाइएको के तपाईं सहन सक्नुहुन्छ रु यो अन्तर्राष्ट्रिय मामलामा गुन्डागर्दी हो ।’

बेलायतको साझेदारी

बेलायतकी प्रधानमन्त्री थेरेसा मेले सिरियामा सेना परिचालनको विकल्प नभएको भन्दै कारबाहीमा बेलायत संलग्न भएको पुष्टि गरेकी छिन् । सो कारबाही सिरियामा ‘सत्ता परिवर्तन’सँग सम्बन्धित नरहेको उनले स्पष्ट पारेकी छिन् । हमलाले सिरियाली नागरिकलाई रासायनिक अस्त्रहरूबाट जोगाउने दाबी प्रधानमन्त्री मेले गरिन् ।

इजरायलले गर्‍यो स्वागत

हमलाको इजरायलले स्वागत गरेको छ । ‘सिरिया घातक गतिविधिमा संलग्न भइरहेकाले उसमाथिको आक्रमण अपरिहार्य थियो, यो हमलाको हामी स्वागत गर्छौँ । सिरियाली सत्तालाई ठेगान लगाउने उपाय यही हो,’ इजरायली विदेश मन्त्रालयको विज्ञप्ति ।

इरानको विरोध
सिरियमा अमेरिकाले गरेको हमलालाई इरानले विरोध गरेको छ । इरानका सर्वोच्च नेता आयातोल्ला खमेनीले भनेका छन् म खुला रूपमा घोषणा गर्न चाहन्छु कि अमेरिका र फ्रान्सका राष्ट्र«पति र बेलायतका प्रधानमन्त्री अपराधी हुन्, यो अपराध तत्काल रोक्न दबाब दिनका लागि मुस्लिम देश र विश्व एकजुट हुनुपर्छ ।

स्रोत : न्युज २४ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *