आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर छ । यी महत्वपूर्ण कार्य हरु मा सरकारले राख्ने छ बन्चित

By | April 13, 2018

यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको शिक्षा मन्त्रालयका एक उपसचिवले जानकारी दिए ।

‘नपढेका व्यक्तिहरु नीति निर्माण गर्ने थलो संसदमा पुगेको र देशको कार्यकारी प्रमुखसमेत बनेको भन्दै आलोचना भइरहेको बेला आएको सुझाव मननयोग्य छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘हामी त्यसलाई अध्ययन गर्दैछौं ।’

आठ कक्षासम्म पनि नपढ्नेकाहरुलाई दुःखद खबर छ । किनकि अब आठ कक्षा नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत गर्न पाइनेछैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा दशौं संशोधनको तयारी गरिरहेको बेला नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो ।

कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्था खोल्न, संस्थाको सन्चालक समितिमा रहन वा व्यापार व्यवसाय गर्न नपाइने प्रस्तावित विधेयकमा उल्लेख छ ।

 

सुरक्षा निकायको सबैभन्दा तल्लो तहमा जागिर खान कम्तिमा आठ कक्षा पास गरेको शैक्षिक योग्यता पेश गर्नुपर्छ । त्यसैगरी सुरक्षा गार्ड, कार्यालय सहयोगीलगायत पदमा पनि साधारण लेखपढ गर्ने जानेकाहरुले जागिर खान पाउँछन् । यदि कानुन आयोगको दिएको सुझाव कार्यान्वयन भएमा यी पदहरुमा पनि जागिर खान पाइने छैन ।

पुस्तक र पोशाक निःशुल्क

 

कानुन आयोगले निजी विद्यालयका हरेक कक्षामा २५ प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउन, पाठ्यपुस्तक, पोशाक निःशुल्क बनाउन पनि सुझाव दिएको छ । आरक्षित छात्रवृत्तिको कोटा खुलाइएको जानकारी सार्वजनिक सूचना निकालेर दिनुपर्ने छ ।

यसअघि निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था भए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । छात्रवृत्ति खुलाइएको जानकारी पनि दिनुपर्दैनथ्यो ।

यसका साथै माध्यमिक तहसम्म विद्यार्थीहरुलाई प्राथमिक स्वास्थ्य उपचार र पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउनुपर्ने र आधारभूत कक्षा (८ कक्षा)सम्म निःशुल्क खाजासमेत उपलब्ध गराउनुपर्ने सुझाव आयोगले दिएको छ ।

श्रोत :- अनलाईन खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *