अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा २५७ को मृत्यु

By | April 12, 2018

अल्जेरियामा भएको सैनिक विमान दुर्घटनामा २५७ जनाको मृत्यु भएको छ । बुधबार राजधानी अल्जियर्स नजिक बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको थियो ।

अधिकारीहरुका अनुसार विमान दुर्घटनामा मृत्यु हुनेहरुमा पोलीसारियो फ्रन्टका समेत छन् । पोलीसारियो फ्रन्ट त्यो विद्रोही संगठन हो मोरक्कोमा स्वतन्त्रताको लडाइँ लडिरहेको छ र उसलाई अल्जेरियाले समर्थन गरेको छ ।

रक्षा मन्त्रालयका अनुसार सेना प्रमुखले दुर्घटनाको कारण पत्ता लगाउन छानबिनको निर्देशन दिइसकेका छन् ।

चार वर्षअघि पनि अल्जेरियामा सेना र उनीहरुका सदस्य सवार एक विमान दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको थियो ।

अल्जेरियामा एउटा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा अढाई सयभन्दा धेरैको ज्यान गएको त्यहाँबाट प्राप्त विवरणहरूमा जनाइएको छ।

अल्जेरिया-समर्थित तथा पश्चिमी साहारा क्षेत्रमा मोरोक्कोबाट अलग हुन खोजिरहेका पोलिसारियो मोर्चाका २६ जना सदस्यहरू मारिनेमध्ये रहेको बताइएको छ।

कारण

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो।

तर दुर्घटनाको कारण भने अझै अस्पष्ट छ।

मृतकको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन।

भिडिओ दृश्यमा विमान खसेको ठाउँमा भग्नावशेषबाट धुवाँ उडिरहेको देख्न सकिन्छ।

टेलिभजन समाचार विवरणहरूका अनुसार घटनास्थलमा १४ वटा एम्बुलेन्सहरू पुगेका छन्।

रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनाका प्रमुखले दुर्घटनाबारे छानबिन गर्न आदेश दिएका छन्।

अल्जेरियामा चार वर्षअघि पनि सैन्य सदस्यहरू तथा उनीहरूका परिवार बोकेको एउटा विमान खस्दा ७७ जनाको ज्यान गएको थियो।

सभार : अनलाईन / BBC

Leave a Reply

Your email address will not be published. Required fields are marked *